नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा ९माओवादी
केन्द्र० सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताउनुभएको छ ।
मंगलवार नेकपा ९माओवादी केन्द्र० को केन्द्रिय पार्टी कार्यालय पेरिस
डाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि यस्तो
बताउनुभएको हो । उहाँले कपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच
आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको
चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्ने बताउनु भयो । उहाँले पार्टीको लक्ष्य
नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका
निम्ति एक्लाएक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेको उल्लेख
गर्नुभयो । उहाँले मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको
आवश्यकता भएको बताउनु भयो । उहाँले आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको
धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने पार्टीको
लक्ष्य रहेको बताउनु भयो ।
अध्यक्ष भट्टराईले भन्नुभयो, ‘नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी
पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी
केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडा लिएर प्रतिष्पर्धा
गर्नेछौँ । त्यही अनुसार निर्वाचन आयोगमा दल दर्ता गराएका छौँ । तत्काल
चुनावी प्रयोजनका निम्ति मात्रै हो । हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन
ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति
हामी एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु अहिलेको
ऐतिहासिक आवश्यकता भएकाले त्यो दिशातिर पनि उन्मुख हुने हिसावले लिएका छौँ
। तत्काल दुई पार्टीबीच चुनावी तालमेल गरेर अघि बढ्छौँ । हाम्रो लक्ष्य
चाहीँ आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास,
सुशासन, समृद्धिको दिशामा लिएर जाने संकल्प छ । नेपाल समाजवादी पार्टी
गठबन्धनको एउटा अंग हो । भित्र बाहिर भन्ने कुराको भ्रम नपरोस् । जे सहमति
हुन्छ त्यही अनुसार चुनाव लड्छौँ ।’
बाइट।।। डा। बाबुराम भट्टराई, अध्यक्ष, नेपाल समाजवादी पार्टी
अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी पनि गठबन्धनकै अंग भएको दाबी
गर्नुभयो । गठबन्धनमा भएको सहमतिकै आधारमा आगामी प्रदेश र प्रतिनिधि सभा
सदस्यको निर्वाचनमा सहभागी हुने बताउनु भयो ।








