काठमाडौैं,३१,साउन  ।

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
मंगलवार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको
निर्वाचनार्थ आयोगमा पुगेर काँग्रेसले दल दर्ता गरेको हो । दल दर्ताका लागि
काँग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।
आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । आगामी
निर्वाचनका लागि लगभग सबै दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् ।
निर्वाचन आयोगले आज ५ बजेसम्मका लागि दल दर्ता गर्नसक्ने बताएको थियो ।
निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा
मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो । दल दर्ता गरेपछि
सञ्चारकर्मीसँग बोल्दै उपसभापति गुरुङले काँग्रेसले निर्वाचनका लागि अधिकतम
सिट खोज्ने तर सहमतिबाट तालमेल गरेर जाने बताउनु भयो । उहाँले सहअस्तित्व र
सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धताअनुसार नै सबैलाई समेट्ने बताउनु भयो ।
सबैलाई समेटेर जाने क्रममा धेर, थोरमा चित्त बुझाउनु पर्ने बताउनु भयो ।
उहाँले सहमति र सहकार्य बाट नै देशमा राजनीतिक स्थिरता र मुलुकको समुन्नती
खोज्ने यात्रामा लाग्ने बताउनु भयो । उहाँले पार्टीभित्र सिट बाँडफाँटमा
न्यायोचित व्यवस्थापन गर्ने बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले
काँग्रेसभित्र धेरै सक्षम नेता भएकोले सबैलाई व्यवस्थापन गर्न गाह्रो भएपनि
हेर्दा, देखिँदा र सुन्दा न्यायोचित भएको अनुभुति गराउने प्रतिवद्धता
जनाउनु भयो ।

उपसभापति गुरुङले केन्द्रिय पार्टीको केन्द्रिय कार्यसमितिमा १० जना महिला
मनोनित गरेको पनि बताउनु भयो । उहाँले माओवादी केन्द्र) को चुनाव चिन्ह
लिएर नेपाल समाजवादी र राष्ट्रिय एकता अभियानका नेताहरु चुनावमा
प्रतिष्पर्धा गर्ने कुराले गठबन्धनको भागबण्डामा असर नपर्ने बताउनु भयो ।
उहाँले गठबन्धन दल भित्रका दलसँग मिल्न आउने अन्य दलले खासै असर नपार्ने
बताउनु भयो । आजबाट आगामी निर्वाचनार्थ आयोगमा दल दर्ताको समय सकिएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा
हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here