काठमाडौं,३०,साउन  ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताउनुभएको छ । सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बीमा राज्यको कार्यक्रम भएकाले अस्पतालहरुले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको विषयमा चिन्ता लिन आवश्यकता नभएको बताउनुभएको हो । उहाँले अहिले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्नको लागि मन्त्रालय तयार रहेको पनि बताउनु भयो । मन्त्री खापुङले स्वास्थ्य बीमा बापतको रकम भुक्तानीको लागि सरकारी र निजी अस्पतालहरुका कमि कमजोरी देखिएको बताउनु भयो । उहाँले स्वास्थ्य बीमा गर्ने व्यक्तिहरुले समेत बीमा गरेकै छु भनि आवश्यकता भन्दा बढी प्रयोग गर्न खोजेकाले पनि समस्या आएको गुनासो गर्नुभयो । मन्त्री खापुङले स्वास्थ्य बीमा कार्यक्रमको उदेश्य अनुसार सत्यतथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले सरकार स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाएर सबै जनतामा पु¥याउने र बीमा रकम वृद्धि गर्ने विषयमा राज्यमन्त्रीको नेतृत्वमा सुझाव कार्यदल बनाएर अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय तयार छ । स्वास्थ्य बीमा बापतको रकम भुक्तानी नै हुँदैन की भन्ने चिन्ता छ । त्यो विषयमा चिन्ता लिनु पर्ने आवश्यकता छैन । स्वास्थ्य बीमा राज्यको एउटा कार्यक्रम हो । सरकारी र निजी अस्पतालहरुको बीचमा तल देखिका कुराहरु सबै सुनेको छु । केके आएका छन् भन्ने कुरामा जानु उपयुक्त हुन्न । हाम्रोमा धेरै कमि कमजोरीहरु पनि छन् । निजी अस्पतालहरुले बीमा रकम दाबी गर्ने कुरामा कमजोरी आएका छन् । स्वास्थ्य बीमा गर्नेहरुले पनि बीमा गरेकै छु भन्ने हिसावले पनि आवश्यकता भन्दा बढी प्रयोग गर्न खोजेको देखिन्छ । स्वास्थ्य बीमा कार्यक्रमको उदेश्यअनुसार सत्य र तथ्यमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । सरकारले स्वास्थ्य बीमालाई कसरी व्यवस्थित गरी सबै जनतामा पु¥याउन सकिन्छ ? अहिले ३५०० तिरेर एक लाखको बीमा गर्ने गरीएको छ । त्यसलाई कसरी वृद्धि गर्ने गरी सबै कुराहरुलाई व्यवस्थित गर्ने गरी विस्तृत रुपमा अध्ययन गरेर सुझाव प्रश्तुत गर्न स्वास्थ्य राज्य मन्त्रीको नेतृत्वमा कार्यदल गठन गरेका छौं ।

 

मन्त्री खापुङले अस्पतालहरुमा डाक्टरको अभाव रहेको बताउनु भयो । उहाँले अस्पतालहरुको डाक्टरहरुको अभाव रहेपनि धेरै डाक्टरहरु बेरोजगारी पनि रहेको बताउनु भयो । मन्त्री खापुङले धेरै डाक्टरहरु मन्त्रालयमा एमबीबीएस,डेण्टलमा विशिष्टता हासिल गरे तर बेरोजगार रहेको भन्दै मन्त्रालयमा आउने उहाँहरुलाई दुर्गम क्षेत्रमा काम गर्न जाँदा कोही तयार नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘अस्पतालहरुका डाक्टरहरुको अभाव रहेको छ । अर्को तर्फ धेरै डाक्टरहरु बेरोजगार भइरहेको पाइको छु । धेरै डाक्टरहरु मन्त्रालयमा आएर मैले एमबीबीएस,डेण्टलमा विशिष्टता हासिल गरेको छु भन्दै बेरोजगार डाक्टरहरु मन्त्रालयमा आउनुहुन्छ । तर उहाँहरुलाई देशको कुनैपनि स्थानमा गएर सेवा गर्न तयार हुनुहुन्छ राम्रो पारिश्रमिक पाउनुहुन्छ भन्दा केही पनि तयार हुनुहुन्न । उहाँहरु सबैलाई काठमाडौं मात्रै चाहिन्छ । काठमाडौंमा डाक्टहरुको सख्या अत्याधिक धेरै छ । जहाँ डाक्टरहरुको केही कामै छैन । उदाहरण नै दिँदा आर्यघाटमा ७ जना डाक्टर छन् । त्यहाँ दरबन्दी छैन । खास काम पनि छैन । कसैलाई दुरदराजमा पठाइहाल्न पनि सकिँदैन। त्यस्तो खालको स्थिति छ । मन्त्री खापुङले काठमाडौंमा डाक्टर अत्याधिक भएपनि काम केही नभएको बताउनु भयो । उहाँले दरबन्दी र काम नभएको आर्यघाटमा समेत ७ जना डाक्टर रहेको बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here