काठमाडौं,२६,साउन ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनुभएको छ । बिहीवार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली काँग्रेस र साहित्य विषयक विचार गोष्ठिमा बोल्नुहुँदै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताउनु भयो । उहाँले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जघाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनु भयो । कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘साहित्यले मान्छेलाई काम गर्ने प्रेरणा जगाउँछ । देश बनाउने, राष्ट्र बनाउने प्रेरणा जगाउँछ । साहित्य र कलाको महत्व हामीले अवमूल्यन गर्नुहुन्न । साहित्य र कलालाई हामीले मिनिमाइज ग¥यौं भनेदेखि वास्तवमा हामी ‘हामी’ हुन सक्दैनौँ । हामीले केही प्रगती गर्न सक्दैनौँ । हाम्रो पहिचान नै समाप्त हुन्छ । कल्पनाशिलता, भावुकता, हृदयमा भावना, कल्पना र सपना भएन भने देश बन्दैन । देश बनाउनलाई भावना, कल्पना र सपना चाहिन्छ । वरिष्ठ नेता पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने उल्लेख गर्नुभयो ।








