काठमाडौं,२२ साउन,  ।

डम्बर खतिवडाले नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् ।

जनता समाजवादी पार्टीका तत्कालीन प्रवक्ता समेत खतिवडाले डा. बाबुराम भट्टराई नेतृत्वमा अलग भएका थिए । यो समूह अहिले नेपाल समाजवादी पार्टीका रुपमा क्रियाशील छ, जसले शनिबार मात्र डा. बाबुराम भटराई र महेन्द्र राय यादवलाई अध्यक्ष चयन गरेको छ । यसप्रति असन्तुष्टि जनाउँदै खतिवडाले कुनै पनि जिम्मेवारीमा बस्न अस्वीकार गरेका छन् ।

उनले आगामी मंसिरसम्म आफू पार्टीको साधारण सदस्य मात्र रहने बताएका छन् । डा। भट्टराई अहिले चौबाटोमा रहेको भन्दै उनले भनेका छन्, ‘यसलाई एक प्रकारको महादुविधा भन्न सकिन्छ ।’

भट्टराईसामु चार विकल्प रहेको उनले बताएका छन् । पहिलो, नेकपा मसालका नेता मोहन विक्रम सिंंहको गृहजिल्ला प्युठान र बाग्लुङमा जस्तै गोरखा र सर्लाहीमा सीमित प्रभाव भएको सानो समूहमा खुम्चिने भएको खतिवडाले बताएका छन् । समाजवादी केद्रका नाममा कुनै कम्युनिस्ट समूह वा एकतामा सामेल भई बिलन हुनु दोस्रो बाटो देखेका उनले भट्टराईले मंसिरपछि सन्यास लिने र यो समूह तितरवितर हुने खतरा पनि औँल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here