साउन २१ गते ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही बिरपुरमा ५० वटा पोलमा भेपर बल्व जडान गरी आठ लाख रकम अनियमितता गरेको पाइएको छ । छिन्नमस्ता गाउँपालिका १ मा बल्व जडानका लागि लिइएको उक्त पेस्की रकमबाट झण्डै ४० देखि ५० वटा पोलमा मात्र बल्व जडान गरी आठ लाख रकम खर्च गरेर व्यापक अनियमितता गरेको हो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही बिरपुरमा छिन्नमस्ता गाउँपालिकाका एक कर्मचारी योजना तथा सामाजिक शाखाका भागवान दासले उक्त विद्युतिकरणका लागि गाउँपालिकाबाट आठ लाख रकम पेस्की रकम लिएको थियो ।स्थानीयबासिहरुका अनुसार उक्त भेपर बल्वका लागि प्रती बल्व बजारमा १ हजार ५ सय देखि २ हजार सम्म पर्ने गरेको बताउँछन् ।

यसबाट प्रस्ट हुन्छ कि गाउँपालिकाले विद्युतिकरणको नाममा लाखौं रकम अनियमितता गरेको स्थानीय युवा सन्तोषकुमार यादवको आरोप लगाए । यसरी गाउँपालिकाको बजेटलाई दुरुपयोग गर्ने जोसुकै कर्मचारी तथा कार्यालय प्रमुखमाथि आवश्यक छानबिन गरि कडाभन्दा कडा कार्वाही हुनुपर्ने माग स्थानीयको छ ।

छिन्नमस्ता गाउँपालिका १ बरहि बिरपुरको पुरै बस्तिमा झण्डै बढीमा ५० वटासम्म भेपर बल्व जडान गरिएको सबुत प्रमाण छ, तर उक्त ५० वटा बल्व जडानमै ८ लाख रकम कसरी खर्च भएको भन्नेमा पूर्व वडाध्यक्ष विनोदकुमार यादव आश्चर्यचकित छन् । जडान गरिएका भेपर बल्व मध्ये पनि १० वटा सम्म पनि बल्व अहिले बलिने अवस्थामा नरहेको स्थानीयहरुको कथन रहेको छ ।यता वडाअध्यक्ष ललन प्रसाद यादवले उक्त कार्य मेरो कार्यकालको नभइ पहिलाकै वडाअध्यक्षको योजना रहेकाले मैले यो बिषयमा के कसरी भएको हो भन्नि बुझने कार्य गरिरहेको बताए ।

उक्त कार्यको गाउँपालिका तथा सम्बन्धित निकायले समयमै अनुगमन गरी अनियमितता गर्ने कर्मचारीमाथि आवश्यक कानूनी कार्वाही गर्नुपर्ने माग स्थानीय सरोकारबालाहरुले गरेका छन् । यसैबीच सो सम्बन्धमा छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार यादवले पेस्की लिएको छ, तर अहिलेसम्म पछ्योट भएको छेन, काम हेरेर मात्रै अनुगमन गरी पेस्की पछ्योट गर्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here