काठमाडौं,२१ साउन,  ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको बताएका छन् ।जापान भ्रमणमा रहेका उनले शनिबार त्यहाँ आयोजित एक कार्यक्रममा भने, ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं ।’

उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या पनि समाधान गरेको बताए । ‘विधेयक संशोधन गर्दा विदेशमा रहेका नेपालीको नागरिकतालाई अझ सहज बनाउने गरी विधेयक संशोधनको प्रक्रिया अघि बढाएका छौं’ उनले भने ।

पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुको सीप आर्जन र अनुभवलाई ठीक ढंले सम्बोधन गर्ने र एनआरएनसँग सम्बन्धित सबै नेपालीलाई नागरिकताको समस्याबाट मुक्त गर्ने पनि आश्वासन दिए ।अहिले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भएको भन्दै प्रचण्डले चुनावपछि स्थिर र बलियो सरकार बन्ने बताए । ‘प्रदेश र संघको निर्वाचनपछि स्थिर र बलियो सरकार बन्नेछ । जननिर्वाचित बलियो सरकारले अब ढिलो नगरी आर्थिक विकासलाई प्राथमिकतामा राख्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here