काठमाडौं,२० साउन, ।
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ स्थित रहेको क्षीरेश्वरनाथ सर्पदंश अस्पतालको अध्यक्षमा राजकिशोर राउत चयन भएका छन् ।सर्पदंश उपचार केन्द्र संचालन तथा व्यवस्थापन समिति क्षीरेश्वरनाथ नगरपालिका ५ को दोश्रो साधारण सभाबाट अगामी तीन वर्षका लागि ७ सदस्यीय समिति गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाबाट अस्पतालको उपाध्यक्षमा नवल किशोर यादव, सचिवमा मोद कुमार महतो तथा सदस्यहरुमा मनोज कुमार झा, अनु कुमारी साह, विजय यादव र माधवी आले चयन भएका छन् ।








