धनगढी,२० साउन, ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठकाअनुसार बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । उनले कोरोना भाइरसविरुद्धको खोप पनि नलगाएको पाइएको श्रेष्ठले बताए ।नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो तर ती पुरुषमा नयाँ वा पुरानै कस्तो खालको संक्रमण हो भन्ने कुरा खुल्न सकेको छैन ।








