काठमाडौं,२० साउन, ।

फुटबल खेलाडी विदेशीने शृंखला कायम हुँदा अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका छन् ।राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया गएका हुन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका विमल नेपालमा फुटबल खेल नभएपछि विदेशीएका छन् ।

केही समयअघि मात्रै राष्ट्रिय टिमका दर्शन गुरुङ, सन्तोष गुरुङ र नविन गुरुङ अष्ट्रेलिया पुगेका थिए ।त्यसअघि आशिष लामा र सुमन लामा पनि अष्ट्रेलिया नै पुगिसकेका छन् । त्यसैमा विमल राना पनि थपिएका हुन् ।विमलले २०७५ चैतमा कुवेत विरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here