काठमाडौं,२० साउन, ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ ।संस्थाले प्रुडेन्सियल क्यापिटल मेनेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न लागेका लगानीकर्ताहरुले न्यूनतम ३५० रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।इच्छुकले २६ साउनभित्र आवश्यक कागजपत्र संकलन गरेर एनआईसी एसिया क्यापिटल काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here