काठमाडौं,२० साउन,।

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रबीच‍ भेटवार्ता भएको छ ।बिहीबार नयाँदिल्लीस्थित प्रधानमन्त्री संग्रहालयमा निधि र मिश्रबीच एक घण्टा भेटवार्ता भएको हो ।

भेटमा राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा सकारात्मक छलफल भएको छ।अयोध्याको राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने बिषयमा पनि छलफल भएको थियो। निधिसँगको भेटमा उनले यसबारे दुवै देशका सरकारबीच छलफल गरी प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् ।

गत शुक्रबार अयोध्या पुगेका निधिले धनुष र शिलाका बिषयमा राखेका प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने वचन दिएका थिए।यसैबीच, पूर्व उपप्रधानमन्त्री निधिको सम्मानमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले बिहीबार दूतावासमा रात्रीभोज आयोजना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here