काठमाडौं,१७,साउन ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद डा. भीमबहादुर रावलले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सपथग्रहणको पालना नगरे कारबाही हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा ‘सपथसम्बन्धि विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता रावलले सपथ ग्रहण गरेका व्यक्तिहरुले संविधान, कानुन, मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डताको खुलेआम उलंघन गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरुलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले निर्वाचनमा तालमेल गर्ने कुरा गरेर सत्तारुढ दलहरु आफैंले लिएको सपथ विपरित, संविधान र कानुन विपरित, राष्ट्रिय हित प्रतिकूलका गतिविधि गरिरहेको भन्दै आपत्ति पनि जनाउनु भयो । अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)देखि लिएर, एमसीसीदेखि लिएर भर्खरै केही समय अगाडि माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौंताको ठाडो उलंघन गरेर सरकारले कुनै हिच्किचाहट नगरी २ वर्ष म्याद थप गर्ने जस्ता राष्ट्रिय स्वाधिनतामाथि नै प्रहार गर्ने काम भईरहेको उल्लेख गर्दै नेता रावलले त्यस्ता व्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने पनि बताउनु भयो । निर्वाचनमा तालमेलको कुरा गरिएको छ । नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन । त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्नेछ । र, त्यसको निम्ति काम गर्नुपर्नेछ भन्ने लेखिएको छ । तर, त्यसको खुलेआम उलंघन गरिएको छ । र, एक प्रकारको निर्दलीय अभ्यासतर्फ देशलाई धकेलिएको छ । अनि यो सपथको के अर्थ भयो ?
त्यसकारण यो सपथ लिईसकेपछि यसलाई कानुनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही हुनुपर्ने प्रावधान राख्नुप¥यो यहाँ । दोस्रो, असमान सन्धि, सम्झौंता हेर्नुस्–सम्माननीय सभामुख महोदयमार्फत म नेपाली जनतालाई जानकारी गराउन चाहन्छु–राज्य साझेदारी कार्यक्रम अमेरिकाको देखि लिएर, एमसीसीदेखि लिएर भर्खरी केही समय अगाडि माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौंताको ठाडो उलंघन गरेर सरकारले कुनै हिच्किचाहट नगरी २ वर्ष म्याद थप गरेको छ । त्यसकारण यो सपथ ग्रहणमा के व्यवस्था हुनुप¥यो भने यस्ता पदमा बसेका व्यक्तिहरुले यसरी संविधानको ठाडो उलंघन गर्ने, संविधान मिच्ने, राष्ट्रिय स्वाधिनतामाथि सोझै प्रहार गर्ने, देशका प्राकृतिक स्रोत, साधन अरुलाई जिम्मा लगाउने हुँदा निजहरुलाई कारबाही गर्ने प्रावधान यसमा हुनुप¥यो । दोस्रो, नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता, अखण्डता, नेपालको हित विपरित कुनै पनि व्यक्तिले काम ग¥यो भने प्रशाशन भित्रको उच्च तहमा हुने त्यो कुरा यहाँ भन्न पाउने व्यवस्था गर्नुप¥यो । सपथ ग्रहण गर्दा यो राष्ट्रको अहितमा कुनै काम भयो भने त्यो कुरा सार्वजनिक रुपमा भन्न पाउने व्यवस्था हुनुप¥यो । यसो ग¥यो भने नेपालको राष्ट्रिय हितको सुरक्षा हुन्छ कि । नेपालको स्वाधिनता बच्छ कि ? नेपालको साधन, स्रोतको देशको हितमा परिचालन गर्ने कुरा पदमा बस्ने व्यक्तिहरुले सोच्छन कि ? अन्यथा हाम्रो राजनीति विकृति हुन थाल्यो । गलत बाटोमा जान थाल्यो । र, यस्तो सपथग्रहण गरेका व्यक्तिले सपथ भनेको त फगत एउटा औपचारिकता हो, गरेपनि हुन्छ, नगरेपनि हुन्छ भनेर संविधान, कानुन मिच्नेदेखि लिएर राष्ट्रिय हितमाथि प्रहार खुलेआम गर्ने, खुलेआम विदेशमा गएर वार्ता गर्ने, खुलेआम नेपालको मर्यादा, राष्ट्रिय हित, अस्मिता विपरित गतिविधि गर्ने काम तीव्र रुपमा हुन थाल्यो । विदेशीहरुसँग साँठगाँठको काम तीब्र हुन थाल्यो । त्यसकारण यो सपथग्रहण साँच्चीकै जसले कार्यान्वयन गर्दैन, पालना गर्दैन । तीनलाई कारबाही हुने व्यवस्था यसमा हुन एकदमै आवश्यक छ । नेता रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै विदेशी भूमिका गएर राष्ट्रिय अस्मिता विपरितका गतिविधि गरेको आरोप समेत लगाउनु भयो ।








