काठमाडौं,१७,साउन  ।

नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गर्नुभएको हो । उहाँले अर्थका नामका अनर्थमन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु भन्दै संसदमै व्यंग्य गर्नुभयो । उहाँले अर्थमन्त्री शमप्रति जनताले सबै मूल्याङ्कन गरेको छ, महँगी र भ्रष्टाचार अनियमितता कुशासशनको हिसाव गर्नेछन्, जनता विचलित देश बिरोधी गठबन्धन कमजोर हुने र निर्वाचन आउँदैछ जस्ता कटाक्ष गर्नुभयो ।  प्रधानमन्त्रीलाइ धन्यवाद,कमरेड प्रचण्ड,माधव नेपाल, उपेन्द्र र दुर्गा जीलाई पनि धन्यवाद । गृहमन्त्री ज्युलाई पनि धन्यवाद,छानबिन समितिलाई पनि धन्यवाद,मेटाएको सिसिटिभी फुटेज नदेखाएकोमा म लगायत कर्मचारीको कल डिटेल नहेरेकोमा,अन्तर्वार्ता नलिएकोमा,एमालेको फरक मतलाई इग्नोर गरेकामा,सत्ताको आडमा बहुमत पु¥याई सफाई दिएकोमा,पुनः नियुक्ती दिएकोमा अर्थको सेटिङ कायम गराउनेछु । प्रधानमन्त्री ज्यु भाउजुको आदेश मान्नेछु । सेटिङको निश्चित रेटिङ भित्र नै बुझाउनेछु । सहयोग नगर्ने कर्मचारी हटाउने छु । कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्नेछु । चुनावी खर्च जुटाउनेछु । गठबन्धन जिताउन एमाले हराउन लाग्नेछु । अर्थका नामका अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु । जनताले सबै मूल्याङकन गरेका छन् । महँगी र भ्रष्टाचार अनियमितता कुशासशनको हिसाव गर्नेछन् । जनता विचलित देशी बिरोधी गठबन्धन कमजोर हुनेछ । निर्वाचन आउँदैछ ।

त्यस्तै नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले नेपाल चक्रवर्ती कलेजले कानून संकायको शुल्क बढाउँदा आन्दोलन गर्ने विद्यार्थीमाथि प्रहरी र बाउन्स लगाएर कुटपटि गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले कलेजले कलेजले अकस्मात आफ्नो कोषको बिए एलएलबी कोषको ७ लाख १२ हजारबाट १० लाख ७० हजार र एलएल एमको ३ लाख २३ हजारबाट ५ लाख ६८ हजार शुल्क बढाएको बताउनु भयो । काठमाडौंको विजुलीबजारमा नेपाल चक्रवर्ती हबी कलेज छ । कलेजले अकस्मात आफ्नो कोषको बिए एलएलबी कोषको ७ लाख १२ हजारबाट १० लाख ७० हजार र एलएल एमको ३ लाख २३ हजारबाट ५ लाख ६८ हजार शुल्क बढायो । विद्यार्थीहरु आन्दोलित भए आन्दोलनरत विद्यार्थीहरुले आफ्नै प्रागणमा क्याम्पस पोशाकमा धर्ना दिए । कलेजको व्यवस्थापनले प्रहरी र बाउन्स पनि बोलायो र विद्यार्थी माथि कुटपीट ग¥यो । विद्यार्थीहरुलाई त्यहाँबाट निकाल्यो । विद्यार्थीहरु घाइते छन् । त्यस्तै सांसद मिना सुब्बाले सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहँुच सम्मान बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले ८० प्रतिशत विद्यार्थी पढ्ने सरकारी विद्यालयहरुले एसईईमा २० प्रतिशत र २० प्रतिशत विद्यार्थी पढ्ने निजी विद्यालयहरुले ८० प्रतिशत राम्रो नतिजा ल्याउनु चिन्ताको विषय भएको बताउनु भयो ।  सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किन गरिन्छ विभेद ? सरकारी र निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबीचको सिकाई उपलब्धीमा किन ठूलो अन्तर देशभर ८० प्रतिशत विद्यार्थी पढ्ने सरकारी विद्यालयको शैक्षिक स्तर कहाँ छ । एसईईमा राम्रो ग्रेड प्राप्त गर्ने २० प्रतिशत मात्रै सरकारी विद्यालय छन् भने २० प्रतिशत मात्रै निजी विद्यालयमा पढ्ने विद्यार्थीको राम्रो ग्रेड ८० प्रतिशत छ । यस्तो हुनु चिन्ताजनक विषय भएको छ । शिक्षामा सबै विद्यार्थीको सम्मान पहँज बनाउन सरकारसँग माग गर्दछु । त्यस्तै सांसद मोहन बानियाँले कर्णाली करिडोर निर्माणमा सेना थप गर्न सरकारसँग माग गर्नुभयो । उहाँले कर्णाली करिडोर निर्माण कार्य सुस्त भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘कर्णाली करिडोर १० वर्ष भयो राष्ट्रिय राजमार्गसँग जोड्ने भनेको थियो । हुम्ला जिल्लामा अहिलेसम्म पनि करिडोरले छुन सकेको छैन । करिडोर निर्माण कछुवा गतिमा गएको छ । नेपाली सेनाको करिडोर निर्माण कार्यदललाई तिव्रगतिमा बाटो बनाउनको लागि थप कार्यदल तत्काल थप्न सरकारसँग माग गर्दछु । आवश्यक बजेट छुट्याउनु प¥यो । सांसद मोहनप्रसाद पाण्डेले पाल्पा जाने सडकमा कालीगण्डकीको पानीले जलमग्न भएकाले वैकल्पिक मार्ग तत्काल बनाएर सवारी सञ्चालनमा सहजिकरण गर्न सरकारसँग माग गर्नुभयो । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलसँगै पाल्पा र स्याङ्जा जोड्ने मोटरेवल कालीगण्डकी पुल रहेको छ । त्यहाँ पाल्पा चलमग्न भएको छ । पाल्पामा सवारी जाने बाटो छैन । कालिगण्डकीको पानीले सम्पूर्ण बगर जलमग्न भएकाले यातायात प्रभावित भएको छ । त्यहाँको वालिङ खोलासम्मको सडक निर्माण तत्काल व्यवस्था गरी यातायात सञ्चालन गर्न सरकारले सहजिकरण गर्न आग्रह गर्दछु ।

त्यस्तै,सांसद यशोदा गुरुङ सुवेदीले सरकारले विप्लव समूहलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गर्नुभयो । उहाँले सरकारले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति खारेज भएको हो भन्दै प्रश्न गर्नुभयो । सांसद सुवेदीले सरकारले विप्लवसँग भएको सहमति कार्यान्वयन गर्न पर्ने बेलामा कारबाही गर्ने कार्य रोक्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘२०७७ साल फागुन २१ गते शसस्त्र विद्रोहमा रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे शान्तिवार्ता भएको थियो । उनीहरुले उठाएका समस्या वार्ता र संवादबाट समाधान गर्ने,राजनीतिक गतिविधिहरु शान्तिपूर्ण गर्ने र सरकारबाट पार्टी माथि लागेको प्रतिवन्ध हटाउने सहमति भएको थियो । तर सहमति भएको डेढ वर्ष पुगिसक्दा सहमति बमोजिम काम हुनु भन्दा पनि उल्टो पार्टीका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गर्नु विडम्बनापूर्ण छ । सरकारले विपल्वसँगको सहमति खारेज गरेको हो । फेरि सरकार नेकपा बिद्रोहकै बाटोमा जाओस भन्ने चाहन्छ । यस्ता गतिविधिहरु तत्काल रोकी सहमति कार्यान्वयन गर्न पहल गरोस् ।

त्यस्तै,जनता समाजवादी पार्टी (जसपा) की सांसद रेनुका गुरुङले सोमवार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताउनु भयो । उहाँले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गर्नुभयो । उहाँले सुरक्षाको कारण देखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो,‘मेरो देशलाई शिरमा बोकेर हिँड्ने म नेपाल आमाकी छोरी हुँ । मैले जिन्दगीभर देश र समाजको लागि सेवा गरेवापत म संग प्रशांसापत्र र प्रमाणपत्रको थुप्रो छ । हिजो राति ८ बजेर २५ मिनेट जाँदा मैले देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरुले मेरो घरको गेटभित्र बम पड्काए । घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मानिस मोटरसाइकलमा गएको देखेँ । तर, अँध्यारो भएकोले चिन्न सकिन । महाराजगञ्जको थानाको नम्बर खोजेर फोन गरेँ, माननीय गृहमन्त्रीलाई फोन गरेँ, फोन उठेन । प्रहरी आएपछि म पनि आँगनमा ओर्लिएँ । कम्पाउण्डभित्र रकेट बमको खोल भेटियो, जुन प्रहरीले लिएर गएको छ । त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ, सान्त्वना दिनुभयो । अतः म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु । उहाँले बम पड्कापछि गृहमन्त्रीलाई फोन गरे पनि फोन नउठेको गुनासो गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here