काठमाडौं,१७ साउन, ।
विधेयकले चारैतिरबाट फौजदारी जवाफदेहीलाई साँघुरो पारेको छ । हत्या जस्तो जघन्य अपराधसम्मलाई पनि न्यायप्रणालीको दायराबाट बाहिर राख्ने प्रयास गरेको छ । यही विधेयक संसदबाट अनुमोदन भयो भने समाजमा न्यायिक नियन्त्रणको अंकुश गुम्नेछ, अर्थतन्त्र ध्वस्त हुनेछ र देशको अन्तर्राष्ट्रिय उपस्थिति धरासायी हुनेछ ।लमजुङ भोजे गाउँ विकास समिति–२ का बीबी गुरुङको प्रश्न : ‘युद्धमा मर्नु मार्नु त स्वाभाविक हो, तर घाँटी रेटेर हत्या गर्नुको अर्थ के हो सुन्न चाहन्छु पुष्पकमल दाहाल (‘प्रचण्ड’) म तपाईंलाई स्पष्ट गरुँ, जनयुद्ध शुरू भएको ६ महिनापछि, मैले नै लेखेर एउटा गम्भीर ‘सर्कुलर’ तलसम्म पठाएको थिएँ, ‘यदि कसैलाई एनिहिलेट (सफाया) गर्नुपर्ने अवस्था आइपर्यो भने पनि मानिसलाई यातना दिएर त्यस्तो गरिनुहँदैन ।’ कसैलाई सफाया नै गर्नुपर्ने स्थिति आयो भने पनि यातना दिनुहुँदैन भनेर मैले ‘सर्कुलर’ गरेको थिएँ ।







