काठमाडौं,१७ साउन, ।

अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ ।

अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको मृत्यु भएको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।

बाइडेनले भने, ‘जवाहिरीको हात अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here