साउन १६ गते ।

महोत्तरीमा एक जिममा आगलागी भएको हो । जिल्लाको बर्दिबास नगरपािलका स्थित बजारको एक घरमा आगलागी भएको छ ।

सोमबार दिउँसो घरको तेस्रो तलामा रहेको ३६५ जिम हलमा आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।आगलागी अहिले ९५ प्रतिशत नियन्त्रणमा आइसकेको डीएसपी रबि रावलले जानकारी दिए ।आगलागी कसरी भएको त्यसबारेमा अहिले नखुलेको उनले बताए ।

यस आगलागीको थप विवरण आउन बाँकी छ । आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंक पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here