साउन १६ गते ।
धनुषामा मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एकजना फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । महोत्तरीको बर्दिवास नगरपालिका साविक किसाननगर गाविस–४ बस्ने विनोद सहनीलाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
उनलाई आइतबार जनकपुरधाम उपमहानगरपालिका–४ भैरव चौकबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।पक्राउ परेका सहनी २०६७ सालदेखि फरार थिए । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गर्न सफल भएको प्रवक्ता क्षेत्रीले बताए ।पक्राउ परेका सहनीलाई आइतबार नै जिल्ला अदालत धनुषामा उपस्थिति गराई पाँच दिनको म्याद लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।








