काठमाडौं,१५,साउन  ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो तर्फबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गर्ने निर्माणको काम सकिएको बताएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले आफ्नो तर्फबाट गर्नु पर्ने काम करिब सम्पन्न भएको बताएका हुन् । अब डाँडो कटान र ल्यान्डफिल साइटको काम बाँकी छ, यो प्राधिकरणको काममा पर्दैन, बाँकी काम सम्पन्न भयो,’ आइतबार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै महानिर्देशक अधिकारीले भने, ‘यो विमानस्थल चालू आर्थिक वर्ष भित्र व्यवसायीक ल्याउने तयारी छ । प्राधिकरणले यो आवमा ४१ अर्ब ८५ करोडको बजेट सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here