काठमाडौं,१५,साउन  ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यमा सुधार आएको छ । गत सोमबारदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका नेता गिरिको स्वास्थ्यमा सुधार आएको उनका निजी सचिव कृष्ण खनालले जानकारी दिए । ‘स्वास्थ्य धेरै ठीक भएको छ । ४/५ दिनमा डिस्चार्ज हुनुहुन्छ होला,’ खनालले अनलाइनखबरसँग भने । लामो समय भारतमा उपचार गरी फर्केका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि मेडिसीटी अस्पतालमा भर्ना गरिएको  थियो । भारतमा उपचार गरिएको समस्याको थप उपचारका लागि भर्ना नभएको खनालले जानकारी दिए । भारतमा उपचार गरिएको र यहाँ उपचार गर्नुको फरक समस्या हो । निमोनियाको उपचारका लागि भर्ना हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here