रुपन्देही,१२,साउन  ।
आफ्नै श्रीमतीको हत्या आरोपमा रुपन्देहीको कञ्चनबाट एक जना पक्राउ परेका छन् । कञ्चन गाउँपालिका वार्ड नम्बर १ हात्ती बजारकी ३१ वर्षीय सावित्री थापा छेत्रीको हत्या अभियोगमा यमबहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शरीर र हातमा नीलडाम देखिएको र टाउको चोट समेत रहेको अवस्थामा आज बिहान सावित्रीको घरमै शव भेटिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । शंकास्पद अवस्थामा पक्राउ गरिएको ३५ वर्षीय यमबहादुरमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here