सर्लाही,९,साउन ।
प्रहरीले सर्लाहीको हरिवनबाट एकजना भारतीयलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला सोनवर्षा थाना,फरछइयाँ वडा न–९ बस्ने मखन पासवानको छोरा अन्दाजी वर्ष ४० को लालमोहन पासवान रहेको छ । पासवानलाई इलाका प्रहरी कायर्यालय हरिवनबाट खटिगएको प्रहरी टोलीले शनिबार रातिको समयमा हरिवन नपा वडा न–११ स्थित कार्की पुस्तक पसल नजिकबाट पक्राउ गरेको थियो । उनको साथबाट १ हजारको दरले ५० थान नक्कली नेपाली नोट(जम्मा ५० हजार) बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी विजय यादवले बताए । पासवानलाई इप्रका हरिवनको हिर ासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।