एसियाली विकास बैंक (एडीबी)ले लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अध्ययन सार्वजनिक गरेको छ ।मंगलबार जनकपुरधामस्थित लैंगिक समानता र समावेशीकरण गर्ने उद्देश्यले अध्ययन र निष्कर्ष सार्वजनिक गरिएको हो । अध्ययनमा मधेश प्रदेशका मुख्यतः ६ वटा क्षेत्र समेटिएको छ । कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापन, उर्जा, सीप विकास, सहरी विकास, यातायात तथा पानी, सरसफाई र स्वच्छता क्षेत्रमा अध्ययन गरिएको छ । एडीबीले अध्ययन गरी प्रकाशन गरेको पुस्तकमा प्राथमिक क्षेत्रमा लैंगिक समावेशीकरण र समानताको विश्लेषण गरिएको छ । सो पुस्तकमा अध्ययनले लैगिंक सशक्तिकरणको पक्ष पनि पहिचान गरेका छन् । कार्यक्रममा लैगिंक समानता एवं समावेशीकरण विज्ञ छाया झाले नीतिगत प्रतिवद्धता र यसको असल अभ्यासको विषयमा प्रस्तुति गरेकी थिइन् । उनले यसको फाइदा र चुनौतीको बारेमा पनि जिकिर गरिन् । एडीबीका वरिष्ठ योजना अधिकृत पुष्कर मानन्धरले उर्जा क्षेत्रमा जेसीको मूलप्रवाहीकरणको विषयमा धारणा राखेका थिए । एडीबी रणनीति २०३० ले गरिबी निवारण र लैगिंक समानतामा सहयोग गर्ने प्राथमिकता राखेको छ । एडीबीको नेपाल राष्ट्रिय साझेदारी रणनीति (२०२०–२४) लैंगिक समानता र समावेशीकरणलाई उच्च प्राथमितामा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here