/fli6«o;efsf] a}7sdf ;xefuL ;b:o sf7df8f}F, @) h]7 M /fli6«o;efsf] z'qmaf/sf] a}7sdf ;xefuLx¿ . tl:a/ M /Tg >]i7÷ /f;;

काठमाडौं,४, साउन,  ।

राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोल पदार्थ उत्खन्न गर्ने कामको जानकारी संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । उहाँले पेट्रोलियम पदार्थ उत्खनन गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो । कर्णाली प्रदेशको पेट्रोल उत्खन्नको काम कति भएको छ । सोको जानकारी सम्बन्धित मन्त्रालयले जानकारी दिनु आग्रह गर्दछु र उक्त कामलाई सरकारले प्राथमितामा राख्न आग्रह गर्दछु । त्यस्तै सांसद नरबहादुर बिष्टले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीलाई लखेट्ने काम गरेको भन्दै बिरोध गर्नुभयो । उहाँले व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरुलाई करको दायरामा ल्याएर रोजीरोटीको सरकारले नै सुनिश्चिता गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ काठमाडौं महानगर पालिकाको फुटपाथमा रहेका व्यापारीलाई लखेट्ने काम भइरहेको छ । त्यसलाई व्यवस्थित तरिकाले करको दायरामा ल्याएर व्यापार गर्न दिन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सडकपेटीमा व्यापार गर्ने व्यापारीहरुलाई पनि करको दायरामा ल्याएर उनीहरुलाई रोजीरोटीको सुनिश्चिता गर्न सरकारलाई आग्रह गर्छु । त्यस्तै सांसद भुवनबहादुर सुनारले देशलाई बेरुजुले आक्रान्त बनाएको बताउनु भयो । उहाँले स्थानीय,प्रदेश र संघीय तीनै तहमा बेरुजु बढ्दै गएपनि सरकारले बेरुजुलाई व्यवस्थित गर्न सरकार पछाडि परेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ अहिले देशमा रुजु र बेरुजुको कुरा चलिरहेको छ । बेरुजुले सबैतिर अहिले आक्रान्त बनाएको छ । हिसाब गर्नेहरुले कस्तो किसिमको लेखा प्रणाली अगाडी बढ्यो र बेरुजु बढ्यो भन्ने चर्चा बढ्न थालेको छ । बेरुजु स्थानीय,प्रदेश र संघीय सबै सरकारको उस्तै छ । बढ्दै गएको बेरुजुलाई व्यवस्थित गर्न राज्य किन पछाडि परेको छ । त्यस्तै सांसद सुरेशकुमार आलेमगरले नेकपा एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्ने बताउनु भयो । उहाँले एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषय रहस्यमय बन्दै गएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘एम अधिकारी खोटाङ नाम र ठाउँको चर्चा बढी रहेको छ । मलाई लाग्छ आज घरघरकी कहानी जस्तो भएको छ भने यो रहस्यमय पनि बनेको छ । एमालेमा कुनै मान्छे लाग्न पाउँछ । गभर्नर हुन योग्यता क्षमताका आधारमा पाउँछ तर दुवै व्यक्ति दुईतिर हुन पाउँदैन । यो व्यक्ति कोहो हामी जान्न चाहन्छौ । नेपाली जनता जान्न चाहन्छन् । नेकपा एमालेले जानकारी दिनुपर्छ । सांसद आलेमगरले नेकपा एमालेको कुनै एउटा विभाग र राष्ट्र बैंकको गभर्नर पदमा बस्न नमिल्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here