काठमाडौं,४,साउन ।

भारतमा पहिलो पटक नेपालबाट स्टिल (छड) को निकासी सुरु भएको छ । भैरहवामा रहेको श्रीस्टिलले बुधबार बेलहिया नाका हुँदै भारतमा पहिलो पटक एक ट्रक स्टिल निकासी गर्न लागेको हो । श्रीस्टिलका सञ्चालक राजेश अग्रवालकाअनुसार बुधबार भारतको नौतुनुवामा कम्पनीको एक ट्रक स्टिल निकासी हुन लागेको हो । करिब २५ लाख रुपैयाँ बराबरको स्टिल निकासी गरेर नेपालबाट स्टिल पनि निकासी हुन्छ भन्ने सन्देश दिन र निकासी एउटा प्रक्रिया सुरु गर्न लागिएको अग्रवालले अनलाइनखबरलाई बताए । नेपाललले निर्यात गर्ने स्टिलको मूल्य भारतीय बजारसँग प्रतिस्पर्धी मूल्य प्रतिकिलो ६० रुपैयाँ भारु रहेको अग्रवालको भनाइ छ । ‘सरकारले निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेकाले निर्यात सुरु भएको छ,’ अग्रवालले भने, ‘अहिले प्रक्रिया पूरा गरेर बस्छौं कार्यविधि आएपछि निकासीले केही आकार लिन्छ । भारतीय बजारमा नेपाली स्टिलले मूल्यमा मात्रै प्रतिस्पर्धा गर्नु पर्ने पनि उनले बताए । गुणस्तरमा अब्बल भएकाले अन्य समस्या नभएको अग्रवालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here