विराटनगर,३,साउन  ।

नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगर्न आग्रह गरेका छन् । उक्त विभागका सदस्य एम अधिकारी हालका गभर्नर महाप्रसाद अधिकारी नै भएको दावी गर्दै विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले राजीनामा माग गरिरहेका छन् । मंगलबार विराटनगरमा प्रेस चौतारीले गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल सम्बन्धित व्यक्तिले बोलिसकेका कारण थप बहस गर्न आवश्यक नरहेको जिकिर गरे ।

‘व्यक्तिले आफ्नो के हो भनेर पोजिसन बताएका छन् सम्बन्धित दलले आफ्नो पोजिसन बताएको छ,’ पोखरेलले भने,‘भनेपछि त्यसमा अरु किन खनजोत धेरै । उनले जरुरत परे एम अधिकारीको परिचय सार्वजनिक गर्ने बताए । ‘के हो भन्ने कुरा सम्बन्धित व्यक्तिले भनेका छन्’, उनले फेरि भने, ‘पार्टीले हो कि होइन भनेर बोलेको छ, सकियो नि त । राजनीतिक दलभित्र कतिपय विषयमा गोपनीयता राख्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एम अधिकारीको नाम सार्वजनिक गर्र्नुनपर्ने जिकिर गरे । उनले भनेराजनीति दलहरुभित्र कतिपय त्यस्ता कुराहरु हुन्छन्, सबै सार्वजनिक गर्नुपर्छ भन्ने हुन्छ ? हुदैन नि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here