काठमाडौं,२,साउन  ।

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । दाहाल–राणाबीचको भेटवार्ता संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानेदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर बनाइएको नक्सा खारेज गर्नेसम्मको सहमति भएको केही समाचार माध्याममा समाचार प्रकाशित भएको थियो । सांसद आलेमगरले भने त्यो कुरा झूट र वाईयत भएको उल्लेख गर्दै साईबर स्यालहरुलाई त्यस्तो परिकल्पना नगर्न चेतावनी समेत दिनु भयो । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेको उपस्थितिमा भएको पार्टी अध्यक्ष दाहाल र राणाबीचको भेटमा यस्तो सहमति हुनै नसक्ने जिकीर समेत गर्नु भयो । सांसद आलेमगरले भन्नु भयो, ‘अर्को भर्खरै हाम्रो आदरणीय अध्यक्ष कमरेड प्रचण्डको इन्डिया भ्रमणको बारेमा जुन एउटा न्युज आयो । त्यो फेक न्यूज हो । एउटा पार्टीको विदेश विभाग प्रमुखको उपस्थितिमा कमरेड प्रचण्ड–आर्जु राणाजीको बैठकले त्यस्तो निर्णय गर्न सक्छ ? वाईयत कुरा । झुट कुरा । यो मैले सुनेको थिए–साईबर स्यालकै कल्पना हो । विल्कुल त्यस्तो कल्पना हो, सम्माननीय अध्यक्ष महोदय । अर्को एम अधिकारको प्रसंग पनि हटकेक बनेको छ । हामीले मान्यौ–एम अधिकारी भन्ने अहिले राष्ट्र बैंकको गभर्नर हुनुहुन्न रहेछ, त्यो मानियो । त्यो को हो त ? एम अधिकारी भन्ने मान्छे को हो त ? हुनत एमालेका साथीहरुले भन्नु भयो, एम अधिकारी को हो भनेर जान्न एमालेमा आउनु प¥यो । तर यो कुरा उठ्यो नि त यहाँनिर । कुरा उठेपछि जनताले जान्नु परेन ? हो, त्यसैले यो कुरा मैले यहाँ राख्न चाहेँ । सांसद आलेमगरले एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकार नभए को हुन भनि प्रश्न समेत गर्नु भयो । उहाँले सिंगापुर प्रहरीमा गोर्खालीहरुलाई तलवभत्तामा समेत ठूलो विभेद हुने गरेको उल्लेख गर्दै त्यो समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here