काठमाडौं,२,साउन ।

नेकपा एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षसम्म आवासीय अनुमति मात्र दिन सकिने प्रस्ताव गरेको हो । एमाले सांसदहरु कृष्णभक्त पोखरेल, विन्दा पाण्डे, शान्तिमाया पाख्रिनलगायतले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । संशोधन प्रस्ताव दर्ता गराउनेमध्येकी एक सांसद शान्तिमाया पाख्रिनले भनिन्, ‘राज्य व्यवस्था समितिमा जुटेको सहमति विपरीत सरकारले विधेयक ल्याएकाले संशोधन प्रस्ताव दर्ता गराएका हौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here