काठमाडौं,३२,असार ।

विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । शनिबारको खेलमा नेपाली टिममा एउटा परिवर्तन गरिएको छ । करण केसीको ठाउँमा पवन सर्राफ पहिलो रोजाइमा खेल्दैछन् । पवनले यसअघि गत मार्चमा कीर्तिपुर मैदानमा भएको पपुवा न्युगिनीविरुद्धको खेलमा खेलेका थिए । यसअघि लिग टू क्रिकेटको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here