रौतहट, ३० असार ।
रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित वागमती नदीमा तिन जना बालक वेपत्ता भएको आशंका गरिएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ स्थित वागमती नदीमा निर्माणाधिन पुल नजिक लुगा, पाठ्यपुस्तक, साइकल बरामद भएपछि तीन जना बालक वागमती नदीमा वेपत्ता भएको हुन सक्ने आशंका गर्दै गाउँपालिका अध्यक्ष शम्भु सिंह, वडाध्यक्ष धर्मेन्द्रकुमार झा सहितको जनप्रतिनिधिहरु र नेपाल प्रहरी, सशस्त्र प्रहरीको रेक्स्यु टोली बागमती नदीमा व्यापक रुपमा खोजी कार्यलाई जारी राखेको हो । आशंका गरिएको घटनास्थलबाट करिव ५ किलोमिटर दक्षिण तर्फ खोजी कार्य गरिएको तर अहिले कुनै सफलता प्राप्त हुन सकेन ।