असार २६ गते । वीरेन्द्रनगर — सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेहलकुना अस्पतालको नयाँ भवन निर्माणको क्रममा शनिबार करेन्ट लागेर गुर्भाकोट नगरपालिका–६ का १७ वर्षीय विजय विकको मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि आइतबार आफन्त तथा स्थानीयले मेहलकुना बजारमा प्रदर्शन गरेका छन् । स्थानीयले सडकमा टायर बालेर आवतजावत गर्ने सवारी साधनहरु रोकेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार आफन्तहरुले उचित क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरेका हुन् । उनले अहिले नगरपालिका प्रमुख, उपप्रमुख, अस्पताल प्रशासन र आफन्तबीच सहमतिका लागि छलफल चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here