काठमाडौँ,२६,असार ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले २०७२ सालमा पहिलो पटक प्लास्टिकबाट तेल उत्पादन गर्‍यो । प्लास्टिक खपत कम गर्ने, फोहोर व्यवस्थापनमा सघाउ पुर्‍याउने भन्दै प्लास्टिकबाट तेल उत्पादन गरेर प्रयोग गर्न सकिने भन्दै आएको वर्षौं भएको छ । जब-जब नेपालमा फोहोर व्यवस्थापन र प्लास्टिकको विषय उठ्छ तब यही विषयले चर्चा पाउँछ ।अघिल्लो साता नास्टले काठमाडौं महानगरपालिकालाई ‘प्लास्टिकको व्यवसायिक व्यवस्थापन’ मा जान उपयुक्त हुने भन्दै इन्धन उत्पादन गर्न मौखिकरुपमा सुझाव दियो । नास्टको प्रविधि संकायले प्लास्टिकबाट इन्धन उत्पादन गर्दा फोहोर व्यवस्थापनमा सघाउ पुर्‍याउने भन्दै मौखिक राय दिएको हो ।प्रविधि संकाय प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रवीन्द्र ढकालले प्राविधिकरुपमा ऊर्जा खपतको हिसाबले उपयुक्त हुने देखिएकाले महानगरपालिकालाई प्लास्टिकबाट इन्धन उत्पादन गर्न सुझाव दिएको कान्तिपुरलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here