वीरगञ्ज,२५,असार ।

मधेश प्रदेशका जिल्लाहरूमा कोरोना संक्रमण दरमा पुनः वृद्धि भएको छ । एक साता अगाडि शून्यमा कोरोना संक्रमित पुगेकोमा अहिले आएर संक्रमितको संख्या दोहोरो अंकमा पुगेको छ । कोरोनाको सक्रिय संक्रमित मधेश प्रदेशमा ११ जना रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा बढी कोरोनाका सक्रिय संक्रमित धनुषामा रहेको छ । धनुषा जिल्लामा सक्रिय संक्रमितको संख्या ७ पुगेको स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिए । यसैगरी महोत्तरी जिल्लामा २ जना, सिरहामा १ तथा बारामा १ जना गरेर ११ जना कोरोनाका सक्रिय संक्रमितले होम आइसोलेसनमा रहेर उपचार गराई रहेका छन् । अहिले जता जतै भिड रहेको र मास्क लगाउने सहितका स्वास्थ्य मापदण्डको पालना गर्नेहरूको संख्या न्यून रहेका कारणले संक्रमणको दरमा वृद्धि हुन थालेको छ । अहिले भारत सहित काठमाण्डुमा पनि संक्रमितको संख्या बढेकाले मधेश प्रदेश कोरोनाको उच्च जोखिममा रहेको छ । सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण वीरगञ्ज । सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमितहरूको सङ् ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो ।

सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत चैत र वैशाखमा एन्टीजेन विधिबाट परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको थिएन । तर जेठमा तीन जनामा सङ्क्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा सङ् क्रमण देखिएको डेस्क इञ्चार्ज डा अनिसा महतोले जानकारी दिए । गत चैत र वैशाखमा तीन हजारभन्दा बढीको एन्टीजेन परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमित नभेटिएकोमा असार २२ गतेसम्म दुई हजार ५ सयको परीक्षण गर्दा १६ जना सङ्क्रमित भेटिएको तथ्याङ्क छ । भेटिएका सबै सङ्क्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको डा महतोले जानकारी दिए । सङ् क्रमितको सङ्ख्या बढ्दै गए पनि वीरगञ्जको नारायणी अस्पतालमा पछिलो तीन महिनादेखि पीसीआर परीक्षण बन्द गरिएको छ । पीसीआर परीक्षणका लागि आवश्यक एन्टीजेन कीटको अभावका कारण परीक्षण रोकिएको सूचना अधिकारी डा उदय सिंहले जानकारी दिए । मुलुकका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा समेत पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि पर्सा जिल्लामा नागरिकले स्वास्थ्य मापदण्डको पालनामा लापरवाही गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here