काठमाडौं,२४,असार ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदैछन् । क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखलाका लागि धम्मिका श्रीलंकाबाटै स्कटल्याण्ड जान लागेका हुन् ।उनले आफू नेपाली टिममा सामेल हुन स्कटल्याण्ड आउँदैछु भनेर सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यसअघि अमेरिकाले भिसा नदिँदा उनी अमेरिकामा भएको लिग टु का लागि भने जान सकेनन् । उनले दुई पटक श्रीलंकाको कोलोम्बोस्थित अमेरिकी दूतावासमा पहल गरे पनि भिसा नपाएको भन्द दु:ख व्यक्त गरेका थिए । लिग टु शृंखला २६ असारदेखि १ साउनसम्म स्कटल्याण्डको ग्लास्गो र अयरमा हुनेछ जसमा नेपालले चार खेल खेल्नेछ । नेपालले पहिलो खेल २७ असारमा नामिबियासँग खेल्नेछ ।