काठमाडौं,२४,असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नराम्रा कामहरुको थुप्रो भएको आरोप लगाएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकार अबिलम्ब हट्नुपर्ने ओली बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘अब अति भयो । अतिबाट पनि अति भयो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । यो सरकारको काम छैन अबिलम्ब हट्नुपर्दछ । लाज नभएका व्यक्तिहरु त्यही अनुहार देखाएर ठिङ ठिङ बाटोमा हिंडिरहेका छन् । वर्तमान सरकारले राम्रो एउटा पनि काम नगरेको र नराम्रो मात्रै गरेको उनले आरोप लगाए । ‘यो सरकारले एक वर्षमा एउटा राम्रो काम गरेको दखाओस् त ?’ उनले भने, ‘नालायक, भ्रष्ट, अनैतिक, सरकारमा एकछिन बस्न पनि नमिल्ने यो सरकार अबिलम्ब हट्नुपर्दछ । सरकार आफैं नहटे जनताले टिपेर मिल्काउने अवस्था आउनसक्ने ओलीले चेतावनी दिए ।