पर्सा,२२,असार  |

प्रहरीले ९० केजी लागु औषध गाँजासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको युपीका कमल सागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार बेतियाका २८ वर्षीय सुनिल भारती रहेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाको आधारमा पर्साको बगही गेट नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले UP70 BK 9955 नम्बरको इन्डिगो मेन्जर कारको डिकी र सिटमुनी लुकाइ राखेको ९० के.जी. गाँजासमेत बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here