सुर्खेत,२२,असार ।

सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मुत्यु भएको छ । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक पहिरो जाँदा तुर्माखाँद गाउँपालिका–६ रानीवन अछामकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।उनका अनुसार पहिरोमा सोही ठाउँकी ७२ वर्षीय रती कामी घाइते भएकी छिन् । घाइते कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ । जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका बेला पहिरो खसेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here