काठमाडौं,२०,असार ।

राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले संघीयतालाई सफल बनाउन तीनै तहको
सरकारमा सोही अनुरुपको चिन्तन हुनुपर्ने बताउनुभएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद बोहोराले
संघीयतालाई सशक्त र बलियो बनाउनुपर्ने बताउनु भयो । उहाँले संघीयताको
प्रणालीमा गएपनि चिन्तन भने सो अनुसार हुन नसकेकाले संघीयता अनुरुपको
चिन्तन तीनै तहको सरकारमा हुनुपर्ने बताउनु भयो । उहाँले तीनै तहको सरकारमा
अधिकार बाँडफाँड हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले सरकारले एमबिबिएसको कोटा घटाएकोमा
असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले एमबिबिएसको कोटा नघटाउन सरकारसँग माग
गर्नुभयो । उहाँले नागरिकता ऐन ल्याउन सरकारले कन्जुस्याँइ गरेको भन्दै
छिट्टै नागरिकता ऐन ल्याउन माग गर्नुभयो । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवा ताल भूमाफिया र दलालहरुको
चंगुलमा फसेको बताउनु भयो । उहाँले फेवा तालको निरन्तर दोहोन भइरहँदा पनि
यसको गरिमालाई धुमिल पार्न सरकारी संयन्त्रहरु नै सक्रिय रहेको उल्लेख
गर्नुभयो । उहाँले फेवा ताल आसपासका सिमसार क्षेत्रमा जग्गा प्लटिङको काम भइरहेको
भन्दै त्यसो गर्नुमा शहरी विकास मन्त्रालयको समेत भुमिका रहेको बताउनु भयो
। फेवातालको संरक्षणमा तीनै तहको सरकारको ध्यान जानुपर्ने उहाँले बताउनु
भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here