काठमाडौं,२०,असार  ।

नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की, आछामीले नदी कटानलाई
रोक्नका लागि नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा विशेष समयमा बोल्दै सांसद आछामीले
नदीहरुमा अनावश्यक र अवैधानिक ढंगले उत्खनन् भएको बताउनु भयो । उहाँले
गिट्टी, बालुवा निकालेर सिमित मानिसहरु धनि हुने तर खेतीयोग्य जमिन र
घरहरुमा नोक्शान हुने भएकाले यसलाई नियन्त्रण गर्नका लागि नदी ऐनको
व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले आपतकालिन नदी नियन्त्रणमा बजेट
शुन्य भएको भन्दै आपत्कालीन नदी नियन्त्रण कोषमा बजेटको व्यवस्था गर्न माग
गर्नुभयो ।

उहाँले विराटनगर विमानस्थल निर्माणका लागि विगत दुई वर्षदेखि करिव १ हजार
२६७ कित्ता जमिन रोक्का गरिएको र हालसम्म निर्माणका लागि पर्याप्त बजेट
व्यवस्थापन नभएकाले रोक्का गरिएको जमिन फुक्का गर्न माग गर्नुभयो । उहाँले
स्थानीय तहमै मतदाता नामावली संकलनको काम गर्न पनि माग गर्नुभयो । सांसद
आछामीले काठमाडौंको सडकमा व्यापार गरेर जीविका चलाइराखेका नागरिकहरुको
व्यवस्थापनमा नेपाल सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here