काठमाडौं,१९,असार ।
नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले मुुलुकको अर्थतन्त्र आयातमुखी भएकाले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिने बताउनु भएको छ ।शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९÷८०को बजेट विषय अन्तरक्र्रिया कार्यक्रममा बोल्दै डा.श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको बताउनु भयो । प्रमुख श्रेष्ठले नेपाल जसरी उत्पादन भन्दा पनि उपभोग तर्फ जाँदा मुलुकको भुक्तानी संन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भरपर्नु पर्ने अवस्था बढेको बताउनु भयो । उहाँले यस्तो अवस्थालाई सुधार गरेर अहिलको अर्थतन्त्रको चुनौतीलाई सरकार जनता सबै मिलेर समाधान गर्नु पर्ने बताउनु भयो । डा.श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको बताउनु भयो । उहाँले पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको बताउनु भयो । उहाँले आगामी महिनामा ९० अर्ब भन्दा बढी रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको रहेको बताउनुर भयो ।
नेपालबाट विद्युत निर्यात हुन थालेको तथा नेपाली सिमेण्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दवाव कम हुन सक्ने आकलन गरिएको उहाँको भनाई छ । उहाँले अर्थतन्त्र दबाबमा रहेपनि तत्काल आतिहाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो ।पछिल्लो समय हामी उपभोगमुखी भएका छौं । अहिले मुलुकको उत्पादनको आधारहरु कमजोर हुँदै गएका छन् । कृषिका वस्तुहरु नै उल्लेखिय मात्रामा आयात गर्नु पर्ने अवस्था छ । हाम्रो आयातमुखी अर्थतन्त्र भएको छ । त्यसले गर्दा अहिलेको जस्तो अर्थतन्त्रको शंकट भविष्यमा थप आउने अवस्था छ । अहिले हामी जुन किसिमले उत्पादन भन्दा पनि उपभोग तर्फ लागेका छौं । अहिले जीम जान समेत गाडी र मोटरसाइकल चढ्ने भएका छौं । विदशी वस्तुहरु बढी प्रयोग गर्ने हुँदा भुक्तानी संन्तुलनलाई असर गर्ने र अर्थतन्त्रमा पर निर्भताको भर पर्ने अवस्था बढेको छ । त्यसको समाधानको लागि सरकार र सबै पक्ष लाग्नुपर्छ । तर पछिल्लो समय विदशी जाने श्रमिकहरु बढेकाले राम्रो संकेत बढेको छ । यो वर्ष मात्रै ५ लाख भन्दा बढी नेपाली श्रमिक बाहिर गएका छन् । पछिल्लो तीन महिनामा रेमिट्यान्स पहिलाको महिना भन्दा बढी आएको छ । आउने महिनामा रेमिट्यान्स ९० अर्ब भन्दा बढी आउने अपेक्षा छ । पर्यटकहरुको आगमन पनि बढेको छ। पछिल्लो समय विद्युत निर्यात हुन थालेको छ । अहिले सिमेन्ट निर्यात गर्ने कुरा बाहिर आएको छ । उत्पादन प्रसस्त रहेको छ । त्यसले विदेशी मुद्रा बढ्ने भएकाले आत्तिहाल्नु पर्ने छैन । प्यानिक हुनु पर्दैन । तर हासियार हुनुपर्ने अवस्था छ । अर्थतन्त्र अहिले दबाबको स्थितिमा छ ।’
त्यस्तै अर्थविद् डा.गोविन्द नेपालले अत्याधिक मूल्यवृद्धिको कारण आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्ने बताउनु भयो । उहाँले सरकारले आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरुलाई गरिबीको रेखमाथि पु¥याउने भने पनि अहिलको अर्थतन्त्र र मूल्यवृद्धिको कारण ठिक उल्टो हुने देखिएको बताउनु भयो । डा.नेपालले सरकारले पछिल्ला समय बढ्दै गएको नीतिगत भष्टाचार नियन्त्रण गर्न नसके अर्थतन्त्र समाप्त हुने बताउनु भयो । अघिल्लो ओली नेतृत्वको सरकार निश्चित गन्तव्य तर्फ गएको थियो । सरकारको भिजन प्रष्ट थियो । सुखी नेपाली समृद्ध नेपाल १५ औं परियोजनामा लेख्न थालिएको थियो । तर अहिलेको सरकारको कुनै निश्चित गन्तव्य छैन। अहिलको सरकार चुनावी सरकार भएकाले चुनावी सरकारले ल्याएका योजना कार्यान्वयन हुन्छ भन्ने छैन। अहिलेको नेतृत्वमा अहिले केही चुनौती नै आएको छ । दलहरुले जनताको विश्वास र कार्यान्वयन योजनाहरु ल्याएर जित्नुपर्छ ।तर यो सरकारले त्यस्तो गर्न सकेको छैन। सरकारले ८ लाख मानिसहरुलाई गरिबीको रेखामाथि ल्याउने भनेको छ । तर अहिलको मूल्यवृद्धि लगायत अर्थतन्त्रको अवस्थाले ८ लाख मानिस गरिवीको रेखामाथि नभएर ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्न सक्छन् । अहिले बढ्दै गएको भष्टाचार सरकारले सम्बोधन गर्न सकेन भने यसले अर्थतन्त्र डुबाउँछ ।अर्थविद् नेपालले अघिल्लो ओली सरकारको जस्तो मुलुकलाई निश्चित गन्तव्यमा पु¥याउने योजना र भिजन दुबै नभएको दाबी गर्नु भएको छ ।








