बुटवल,१९,असार ।

कोरोना जोखिम भत्ता नपाएको विरोधमा भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीहरुले अस्पतालको ओपीडी सेवा ३ घण्टा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकमीहर्रुले आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म ओपीडी सेवा ठप्प पारेका हुन् ।संघर्ष समिति गठन गरी दुई साता अघि नै पत्रकार सम्मेलन गरेर जोखिम भत्ता नपाए असार १६ देखि आन्दोलनमा उत्रिने चेतावनी दिएकास्वास्थ्यकर्मीहरुले शनिबारदेखि अस्पतालमा अनिश्चिकालिन धर्ना समेत सुरु गरेका छन् ।अस्पतालमा सेवा बन्द गरेर आन्दोलन गर्न नपाइने कानुन विपरित स्वास्थ्यकर्मीको आन्दोलनले उपचारका लागि पुगेका विरामीहरु मारमा परेका छन् ।संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले आन्दोलन घोषणा गरेको १२ दिन बढी भइसक्दा पनि सरकारले कुनै चासो नदिएको हुंदा दवावका लागि ओपीडी सेवा ठप्प पारेको बताए ।

माग पुरा नभए आन्दोलन देशव्यापी बनाउने उनको दावी छ । उपाध्यायका अनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ ।भीम अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् ।अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले राज्यले घोषणा गरेको कोरोना जोखिम भत्ता वापतको रकम हालसम्म नआएकाले दिन नसकिएको बताए ।‘अस्पतालबाट २–३ पटक मन्त्रालयमा पत्र पठाइएको हो, तर हालसम्म पनि रकम प्राप्त हुन सकेको छैन’उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here