१९ असार, रौतहट । भारत सरकारको अनुदान सहायता अन्तर्गत उपहारस्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा बस नेपाललाई दिएको छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी र नाफामुलक संस्थाहरुलाई काठमाडौंस्थित भारतीय दूतावास नवीन श्रीवास्तवले प्रदान गरेको स्रोतले जनाएको छ ।

भारत स्वतन्त्र भएको ७५ वर्ष पुरा भएको अवसरमा ७५ वटा एम्बुलेन्स र १७ वटा बस नेपाललाई भारत सरकारले प्रदान गरेको हो ।

भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव उत्सवमा उपहारस्वरुप प्रदान गरेको बस र एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले चाबी प्रदान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here