काठमाडौं,१९,असार ।

साताको पहिलो कारोबारको दिन आईतवार शेयर बजार मापक नेप्से परिसूचक उच्च
अंकले बढेको छ । गत साताको अन्तिम कारोबारको दिन ८।८७ अंकले गिरावट भएको नेप्से आईतवारको
कारोबारमा भने वृद्धि भएको हो । आईतवार नेप्से परिसूचक ५७।६५ अंकले बढेर
२०८६।४२ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०।२१ अंकले बढेको
छ भने फ्लोट इण्डेक्स ३।७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३।०८ अंकले
बढेको छ ।आईतवार कारोबारमा २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर २ अर्ब ४८
करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको छ । अघिल्लो कारोबारको आधारमा
नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढको छ ।

नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये व्यापार
उपसमूहको परिसूचक सर्वाधिक ९।३० प्रतिशत बढेको छ । त्यसैगरी जलविद्युत
उपसमूहको परिसूचक ५।६३ प्रतिशत बढेको छ । यता वित्त, उत्पादन तथा प्रशोधन र
अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से बढेसँगै कारोबारमा आएका ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट
लेभलमा कारोबार भएको छ । जसमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर
पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त,
सिवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा
कारोबार भएको हो । उता ३० कम्पनीको शेयर मूल्य भने गिरावट आएको छ ।
कारोबार रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री
गरेर ङादी गु्रप पावर शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको करिब ९
करोडको शेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here