विराटनगर,१८,असार ।

प्रदेश १ का सांसदले पहाडी जिल्लामा बाँदर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रदेश १ प्रदेशसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरु गुरिल्ला जस्तो भएको बताए । उनले बादर नियन्त्रण गर्न नसक्दा मानिसहरु नै बिस्थापित भइरहेको बताए ।‘पहाडमा ठूलो समस्या सिर्जना भएको छ । त्यो भनेको बाँदरको आतङ्क हो । मकै लगाए मकै खान्छ, कोदो लगाए कोदो खान्छ, जुनेलो लगाए जुनेलो खान्छ, मास लगाए मास खान्छ, बोडी लगाए बोडी खान्छ, सुन्तला लगाए सुन्लता खान्छ । केही बाँकी राख्दैनन्’, सांसद लिम्बुले भने, ‘ अहिले पहाडका बाँदर गुरिल्ला जस्तो हुन थाले, पुरुष देख्दा भागेजस्तो गर्छ, महिला खेद्न जाँदा त उल्टो आक्रमण गर्छ ।बाली खाने बाँदरले महिलालाई नटेर्ने उनले बताए । ‘मेरो छिमेकी महिलालाई पनि बाँदरले कुट्यो’, उनले भने, ‘बाँदरका कारण मानिसहरु विस्थापित भएका छन् । यसको विकल्प के हो ? बन्दुक हान्न पनि पाइँदैन होला, बाँदरको भ्यासेक्टोमी गर्ने हो कि विकल्प सोच्नुपर्‍यो ।’ बादरका कारण पहाडी जिल्लाबाट मधेश तर्फ बसाई सर्ने क्रम बढेको उनले बताए ।शून्य समयमा बोल्ने क्रममा उनले नेपालको राष्ट्रlय झण्डाको दुरुपयोग भएको बताए । मानिसले घर र बाइकमा झण्डा राखेर दुरुपयोग गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here