काठमाडौं,१७,असार  ।

राष्ट्रिय सभाले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको छ ।
राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री
भवानी प्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९
पारित गरियोस् भन्ने प्रश्तावलाई सर्वसम्मतीले पारित गरेको हो । त्यस्तै
मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको
सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव
पनि सर्वसम्मतिले पारित भएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस
गर्नुभएको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव पनि
सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय सभाको आगामी बैठक असार २०गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here