काठमाडौं,१७,असार  ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला
लगाएका छन् ।बिहीवार किसानहरुले विभिन्न पाँच बुँदाको माग गर्दै मन्त्रालयको लेखा तथा
खाद्य सुरक्षा महाशाखामा ताला लगाएर भर्नासमेत बसेका छन् । किसानहरूले
अदालतको आदेश अनुसार शीतभण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, किसानलाई
समयमा पर्याप्त मल, खाद्य, बीउ उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान
सेवा, सुविधा र विभिन्न योजनाहरू एकरूपता गरी किसानहरूको हक हीत
सुनिश्चितता हुनुपर्ने, विभिन्न कारणले बालीहरूमा भएको क्षतिको क्षतिपूर्ति
दिनुपर्ने मागसहित धर्नामा बसेका छन् । जनता समाजवादी पार्टी, नेपालका
प्रदेश उपाध्यक्ष शेषनारायण यादवले आफूहरूको माग सम्बोधन नभए कडा आन्दोलन
गर्ने चेतावनी दिनुभयो ।
त्यस्तै मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा।
नम्रता सिंहले फाइल तथा अदालतको आदेशको अध्ययन गरिरहेको भन्दै सबै
प्रक्रिया पूरा गरेर किसानलाई भुक्तानी दिने बताउनु भयो ।

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नंं ३ मा जनहित कृषक समूहका
किसानहरूको चिस्यान केन्द्रमा करिव अढाई करोडको लगानी गरेको तीन वर्ष हुँदा
पनि भुक्तानी नपाउँदा समस्या परेका छन् । त्यस्तै, सर्लाही जिल्लाको बरहथवा
नगरपालिकामा निर्माणाधीन अवस्थामा भएको चिस्यान घरको निर्माणमा अढाई करोड
खर्च भएपनि मन्त्रालयले भुक्तानी दिन नमानेपछि त्यहाँका किसानहरू पनि
समस्यामा परेको किसानहरुको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here