धनगढी,१६,असार  ।

दुई दिनदेखिकाे अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाकाे बजार क्षेत्र जलमग्न भएकाे छ ।उपमहानगरपालिकाकाे वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् ।धनगढीमा पानीकाे निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न भएपछि स्थानीयवासीले डुबानकाे समस्या भाेग्ने गरेका छन् ।धनगढीमा मंगलबारदेखि परिरहेको पानी बिहीबार बिहानसम्म राेकिएकाे छैन । वर्षा नराेकिएमा नगर क्षेत्र डुबानमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here