बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई
सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि
एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो । उहाँले
प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने,
आवात–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भिर क्षति पुग्ने
भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई
निर्देशन दिनुभयो । उहाँले प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरुलाई तयारी
अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल त्यहाँ पुगेर आवश्यक भुमिका
निर्वाह गर्न पनि निर्देशन दिनुभयो । उहाँले सरकारको मातहतका सरोकारवाला
निकायहरुको पूर्वतयारी सन्तोषजनक रहेकोउल्लेख गर्दै अहिले गरिएको तयारीले विपद्कोसामनागरी नागरिकको जीवन रक्षागर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण पनि गराउनु भयो ।








