काठमाडौं,१६,असार ।
जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय
गैर सरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी विषयगत समिति
गठन भएको छ ।
मनसुन शुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का
घटनाहरु हुने भएकोले जोखिम न्यूनिकरणका लागि बेलैमा पूर्व सूचना दिने
उद्देश्यसहित १५ सदस्यीय टास्क फोर्स गठन भएको हो । प्रभावमा आधारित पूर्व
सचना प्रणालीले प्राकृतिक विपद्जन्य घटनाबाट पुग्ने भौतिक तथा मानवीय
क्षतिलाई न्यूनिकरण र जनधनको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यसाथ पूर्व
सूचनाको विषयगत समिति गठन भएको जलवायु तथा विपद् विज्ञ डा। धर्म उप्रेतीले
जानकारी दिनुभयो ।
प्रकृतिका घटनाले निम्त्याउनसक्ने समस्या र पूर्व तयारीका बारेमा प्रशिक्षण
दिनुभएको थियो । टास्क फोर्सका संयोजकसमेत रहनुभएका
पूर्व सूचना प्रणालीमा प्रभावकारी परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले टास्क फोर्सले मनसुनजन्य सिजनमा निम्तनसक्ने प्राकृतिक जोखिमका
घटनाबारे जन समुदायलाई पूर्व सूचीत गराउने प्रमुख उद्देश्य राखेको बताउनु
भयो ।
‘मनसुनको सिजनमा बढी पानी पर्ने सूचना मौसम विज्ञान
विभागले दिएको छ । यो सूचनालाई र यो वर्षामा हुने बाढी र पहिरोबाट मनसुनको
प्रकोपबाट समुदायलाई कसरी बचाउने भन्ने हिसावले एउटा संस्थाको मात्रै यो
काम होइन । धेरैले काम गरेमा मात्रै समुदायलाई बचाउन सकिन्छ भनेर नेपालमा
काम गर्ने जतिपति अन्तर्राष्ट्रिय गैर संस्थाहरु छन्, उहाँहरुको विपद्
हेर्ने अधिकारीलाई पूर्व सूचना प्रणाली के हो रु यसवर्ष के हुँदैछ रु कुनकुन
ठाउँमा कस्तो खालको पानी पर्दैछ रु भनेर ओररिन्टेशन पनि दिने, उहाँको क्षमता
वृद्धिपनि गर्ने, उहाँहरुले जतिपनि आफ्नो काम गर्ने क्षमता छ, त्यो
क्षेत्रमा पनि पूर्व सचनालाई प्रवाह गर्ने, ताकि केन्द्रमा भएको सूचना र
विभिन्न श्रोतबाट आएको सूचनालाई समुदायसम्म कसरी पु¥याउने र समुदायको जोखिम
जस्तो छ, त्यसलाई कसरी कम गर्न सकिन्छ रु भन्ने हिसावले अन्तर्राष्ट्रिय
पूर्व सूचना प्रणालीको नेटवर्क बनाएका छाँै । अहिलेसम्म हामीकहाँ, विपद् र
जलवायु हेर्ने एउटा नटवर्क थियो, त्यसभित्रकै एउटा पाटो पूर्व सूचना
प्रणालीको नेटवर्क हो । सबैलाई एउटै सूचना प्रणाली बिस्तार गर्नको लागि हो
। यसपटक २० लाख मानिस प्रभावित हुने भनिएको छ । २० लाख मानिसलाई हुने
प्रभावलाई क्षति कसरी कम गर्ने रु र हानी नोक्शानी कसरी कम गर्ने भन्ने
यसको उद्देश्य हो । १५ सदस्यीय टास्क फोर्स बनेको छ । यसले सूचनाको
प्रवाहलाई बढीभन्दा बढी समुदायसम्म पु¥याउनेछ ।’
नेपाल सरकारले आर्थिक वर्ष २०७९÷०८० को लागि विपद् व्यवस्थापन अन्तर्गत
प्रभावमा आधारित पूर्व सूचना प्रणालीका लागि १ अर्ब ६१ करोड रुपैयाँ बजेट
विनियोजन गरेको छ ।








