विराटनगर,१५,असार ।

निरन्तरको वर्षासँगै आएको बाढीले हुलाकी मार्गको रंगेली-विराटनगर सडकखण्डमा कल्भट बगाएको छ ।मोरङको रङ्गेली नगरपालिका-२ मङ्गलबारे खण्डको कल्भर्ट बगाएको हो ।मंगलबार साँझ ७ बजेतिर नहरमा आएको बाढीले कल्भर्ट बगाएको प्रहरीले बताएको छ । सिँचाइका लागि बौनी खोलाबाट ल्याइएको नहरमा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध  यातायात खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here